एमाले–राप्रपा गठबन्धन : कसलाई घाटा कसलाई फाइदा ?
कृष्ण गिरी
काठमाडौ, जेठ १२– बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा हालसम्म १२३ सिट जितेर नेकपा एमाले पहिलो बन्न सफल भएको छ । एमालेले चुनावी समिक्षा गरिरहेका बेला एमाले–राप्रपा गठबन्धनको पनि चर्चा पनि भइरहेको छ । उपत्यकाका दुईमध्ये एक महागगरपालिका गुमाइसकेको एमालेले अरु केही नगरपालिका पनि आफ्नै कारणले गुमाउनु परेको एमाले नेता कार्यकर्ताको बुझाई छ । यद्यपि यसको प्रमुख कारण के हो भनेर एमालेले नै आफै समिक्षा गर्दैछ ।
त्यसो त नेकपा एमालेमा अध्यक्ष ओलीको बोली नै अन्तिम हुने गरेको छ । त्यही भएर उम्मेदारी दर्ताको अन्तिम दिनमा आएर राप्रपासँग गठबन्धन गर्न ओलीले निर्णय लिएका थिए । परिणामले देखाएको छ, चुनावी तालमेल गर्ने घोषणाको कार्यकर्ताहरुले स्तरमा मनभित्रबाट स्वीकारेनन् । ललितपुरमा उम्मेदवार नै नभएको उपमयेरमा सूर्य चिन्हमा गरिएको हजारौँ मतदानले त्यही देखाउँछ ।
एमालेका एक स्थायी समिति सदस्य भन्छन् ‘संस्थापन भन्नेहरुको छाती कुखुराको भन्दा सानो भयो । हाम्रो कारणले निर्वाचन जितेका हौ । संस्थापन गुट जिताउन लाग्यो ।’
एमालेले ललितपुर महानगरपालिकामा १४ वडामा प्यानल सहित जित हात पारेको छ । जुन लगभग आधा वडा हुन् । तर त्यहीँ ललितपुरमा मेयरमा भने हार खायो । यसको कारणबारे एमालेका ललितपुरका स्थानीय नेता चुडामणी पौडेल भन्छन् ‘माथिका नेताहरुले गरेको चुनावी गठबन्धन स्थानीय नेताहरु र मतदाताहरुले स्वीकारेनन् । यही नस्वीकार्नुको परिणाम हो मेयरले नजित्नु ।’
एक नेता भन्छन् ‘गठबन्धन नगरेको भए हामी मेयर र उपमेयर दुवै जित्थ्यौँ । तर नेतृत्वको कारण हामीले दुबै सिट गुमायौ । यसमा नेतृत्वले नै ध्यान दिएन ।’
काठमाडौँ महानगरपालिका जुन देशको नै पहिलो महानगरपालिका हो । यहाँ पनि एमालेले राप्रपासंग चुनावी तालमेल गरेर उपमेयर गुमाएको छ । मेयरमा विद्यासुन्दर शाक्य जितको नजिक पुग्दा पनि गठबन्धन गरेका राप्रपाका राजाराम श्रेष्ठ भने धेरै पछि छन् । नेतृत्वले यो निर्वाचनमा के हुन्छ भन्ने पनि अनुमान गर्न नसकेको एक केन्द्रीय सदस्य बताउँछन् । ‘नेतृत्वको हतास मनस्थितिको कारण नै राप्रपा जस्तो प्रतिगामी पार्टीसँग चुनावी गठबन्धन गर्यो । जबकी हामी काठमाडौँमा सहजै जित हासिल गर्न सक्थ्यौँ,’ काठमाडौँ जिल्लाका कार्यकर्ता बताउँछन् । काठमाडौमा एमालेले मेयर जितिरहँदा उपमेयर पनि जित्नसक्थ्यो भन्ने उनीहरुको विश्वास छ ।
तर, एमालेका काठमाडौं जिल्ला समिति सहसचिव सरिता न्यौपाने भने सबैको सहमतिमा गठबन्धन भएकाले जितहारको जिम्मा सबैले लिनु पर्ने बताउँछिन् । ललितपुरको मेयर र काठमाडौंका उपमेयर हार्दा एमाले कार्यकर्ताहरु नेतृत्वप्रति आक्रोशित भएका छन् । अझ माधव नेपाल समूहका नेताहरुले त काँग्रेस दोस्रो हुनु ओलीको कमजोरी रहेको बताउँछन् । उम्मेदवार छनौटमा एकलौटी नभएको भए ७० प्रतिशत भन्दा बढी स्थानीय तहमा आफ्नो जनप्रतिनिधि हुने उनीहरुको दाबी छ ।
दोस्रो चरणमा जाँदा पार्टीको संस्थापनले यो पक्ष सुधार गरे अझै पनि एमालेले अहिलेको भन्दा राम्रो नतिजा निकाल्न सक्ने स्थानीय नेताहरुको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण