शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रतिबन्धित भारतीय रुपैयाँ ओसारपसार गर्ने १० जना पक्राउ

शुक्रबार, १२ जेठ २०७४, १६ : ०१
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– भारत सरकारले चलन चल्तीमा प्रतिबन्ध लगाएको ५ सय र १ हजारका नोटहरु ओसार पसारमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिन्धीत नोटहरु नेपाल ल्याएर सर्वसाधारणलाई झुक्याएर चलनमा ल्याउने उद्देश्यले त्यस्ता नोटको कारोवारमा संलग्न १० जनालाई महाराजगञ्ज र नागार्जुन क्षेत्रबाट नियन्त्रणमा लिईएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धादिङ्गका बिमल गुरुङ्ग, काठमाडौंका सन्तोष खत्री, सुनसरीका नवराज बस्नेत, धादिङ्गका ऋषु गिरी, कैलालीका कैया चौधरी, धादिङ्गका राजु थापा, बाराका रामेश्वर चौधरी, काठमाडौंका नरेन्द्र बहादुर महरा, रामेछापका बेल बहादुर कार्की र रामेछापकै कुमार कार्कि रहेका छन् । गत बुधबार महाराजगञ्जमा सन्तोष क्षेत्री समेतका ६ जनाको समुहलाई अवैध भारु चलनको योजना बनाईरहेको अवस्थामा तथा नागार्जुनमा कैया चौधरी समेतका ४ जनालाई अबैध नोटहरु राखेर चलनको योजना बनाईरहेको अवस्थामा पक्राउ गरिएको सिआईबीले जनाएको छ । अभियुक्तहरुको साथबाट १८ लाख ४४ हजार रुपैयाँ बरामद गरेर आवश्यक कारवाहिको लागी राजस्व अनुसन्धान विभागमा पठाईएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप