प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता
काठमाडौं, जेठ १२– प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी शुक्रवार स्वदेश फर्किएका छन् । क्षत्रिलाई बलाधिकृत रथी वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । करिब एक साता लामो अमेरीका भ्रमणको क्रममा क्षत्रीले होनोलुलु हवाईमा संचालन भएको ‘सन् २०१७ ल्याण्ड फोर्सेज अफ द प्यासिफिक कन्फरेन्स’को उद्घाटन कार्यक्रममा संवोधन गरेका थिए । भम्रणका क्रममा क्षत्रीले अमेरिकाको ‘युनाईटेड स्टेट्स प्यासिफिक कमाण्ड’ अन्तर्गतका विभिन्न सैन्य ईकाईहरुको उच्च पदस्थ सैनिक अधिकारीहरुसँग भेटघाट तथा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोग बारे अन्र्तक्रिया गरेका नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण