छ वर्षअघि हाँच्छ्यु गर्दा घाटी भाँचेकी महिलाको हाँस्दा फेरि घाँटी भाँचियो
सिड्नी, जेठ १२ – सन् २०११ को विहान अस्ट्रेलियाको रोज बे निवासी मोनिक जेफरी आफ्नो घरको ओच्छ्यानमा बसेर इमेल हेर्दै थिइन् ।
त्यतिनै बेला उनलाई हाच्छ्यिुँ आउँछ । हाच्छ्यिुँ गर्दा झड्का लाग्दा उनको घाँटीको दुईवटा हड्डी भाँचिन्छ ।
विशेषज्ञहरु यस्तो घटनालाई ‘फ्रिक एक्सिडेन्ट’ भन्छन् । र, यस्तो घटना एउटै मानिसलाई दुई पटक हुनु भनेको विरलै हुन्छ । तर, मोनिक यसको अपवाद बनेकी छिन् ।
फेरि, अर्को पटक अफिसमा साथीहरुसँग रमाइलो गरेर हाँसिरहँदा उनको घाँटी फेरि भाँचिएको छ ।
‘मैले साम (पति) लाई बचाऊ भनेर टेक्सट गरे । त्यसपछि उनले फोन गरेपछि मैले स्पीकरमा लगाएर फोन उठाएँ । म टाउको हल्लाउन सक्ने अवस्थामा पनि थिइँन,’ ६ वर्षअघि भएको घटनालाई सम्झदै मोनिक भन्छिन् ।
‘त्यसपछि उनी घर आएर एम्बुलेन्सलाई बलाए । म निकै अत्तालिएको थिएँ । एउटा हाच्छ्यिुँ गर्दा मलाई निकै पीडा भइरहेको थियो’ उनले थपिन् ।
उनको घाँटीलाई हल्लिन नदिँन १४ हप्तासम्म ‘नेक ट्रयाक्सन’ यन्त्र राख्न परेको थियो । त्यसपछि उनी पूर्णरुपमा स्वस्थ्य भएर पूरानै काममा फर्किइन् ।
सबैकुरा ठीकै चल्दै थियो तर, तीन हप्ताअघि फेरि त्यस्तै घटना दोहोरियो ।
‘म अफिसमा काम गर्दै थिएँ । घाँटीमा असहज महसुस भइरहेको थियो । तर, त्यस्तो अप्ठ्यारो थिएन,’ उनले भनिन्, ‘म साथीहरुसँग रमाइलो गर्दै थिएँ । उनीहरु मेरो घाँटीमा चोट लागेको बारे चुट्किला भन्दै थिए । त्यतिकैमा मैले घाँटी पछाडी के गरेको, त्यही कुरा दोहोरियो ।’
दुई छोराछोरीकी आमा मोनिकले दोस्रो दुर्घटनामा पहिले जस्तै पीडा नभएपनि उनको घाँटीमा फेरि यन्त्र जोड्नु परेको छ । यसमा विरामीको टाउको स्क्र्युको मद्दतले यन्त्र जोडिन्छ ताकी घाँटी नहल्लियोस् । यो यन्त्र बच्चा पाउनुभन्दा पीडादायी भएको बताउँछिन् ।
उनले छ हप्तासम्म यो यन्त्र लगाउनुपर्ने हुन्छ र त्यसपछि लामो फिजियो थेरापी गर्नुपर्ने हुन्छ । यस्तो विरलै हुने दुर्घटना उनलाई छ वर्षमा दुई पटक भएको हुनाले उनलाई यस्तो पुनः हुनसक्ने खतरा भएको डाक्टर बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण