अन्य ग्रहबाट आएको ‘स्पेसशिप’ जस्तो देखिन्छ एप्पलको नयाँ हेडक्वार्टर
एजेन्सी
जेठ १२ – ५ अर्ब डलरको लागतमा क्यालिफोर्नियामा बनेको एप्पलको नयाँ अफिसलाई ‘एप्पल पार्क’ को नामले चिनिन्छ । यसमा लगभग १३ हजारभन्दा बढि मानिस बसेर काम गर्न सक्छन् । बिल्डिङको पूरा डिजाइन एप्पलका संस्थापक स्टिव जब्सले सन् २०११ मा तयार गरेका थिए ।
टेक्नोलोजी र सधैं केही नयाँ गर्ने कुरामा एप्पल शीर्ष स्थानमा छ । यो ब्रान्डको नाम आउने बित्तिकै सुपरफास्ट स्र्माटफोन, ल्यापटप र विभिन्न प्रकारका ट्रेन्डी इलेक्ट्रोनिक ग्याजेटको याद आउँछ । विश्वसनीयताको मामलामा आज यो कम्पनी पूरा उद्योगमा राज गरिरहेको छ । यति ठूलो कम्पनी र यति ठूलो ब्रान्ड भएका कारण यसको हेडक्वार्टरको साइजको अन्दाज लगाउन सकिन्छ । एप्पलको पहिले नै निकै ठूलो हेड अफिस थियो तर अब यो कम्पनीको आफ्नो अर्को एक शानदार र आइकोनिक हेडक्वार्टर बनेर तयार भएको छ ।
क्यालिफोर्नियामा जतिबेलादेखि यो बनिरहेको थियो त्यतिबेलादेखि नै यसको चर्चा सुरु भइसकेको थियो । यो संसारको एउटा यस्तो अफिस हो जसमा काम गर्ने इच्छा हरेक व्यक्तिमा हुन्छ । बिल्डिङको काम पूरा भएपछि यसको शानदार फुटेज एक ड्रोनमार्फत खिचिएको छ । रातीको चम्किलो बत्तीमा टाढाबाट हेर्दा यो कुनै अन्य ग्रहबाट आएको स्पेसशिप जस्तो देखिन्छ ।
यो गोलो बिल्डिङ कुनै खेल मैदानजस्तो बनाइएको छ । पूरा बिल्डिङमा सिसाको प्रयोग गरिएको छ । यसको बिचमा हरिया रुख देखिएका छन् । अर्थात् यसमा जो पनि कर्मचारी काम गर्छन् उनीहरुलाई अफिसजस्तो भान हुँदैन ।
उनीहरुलाई प्रकृतिका बिच एक आलिशान स्थानमा बसेको जस्तो अनुभव हुनेछ । यो अफिस करिब १ सय ७५ एकड एरियामा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण