अहिले कस्तो देखिन्छन् इन्टरनेटका चर्चित ‘मेमे’
काठमाडौँ, जेठ १२ – यदी तपाईं इन्टरनेट र सामाजिक सञ्जालको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने यी अनुहारलाई पक्कै पनि चिन्नुहुन्छ होला ।
यी तस्विरहरुलाई मेमेको रुपमा इन्टरनेटमा व्यापक प्रयोग भएको पाइन्छ । यिनीहरु सामान्य मानिसका तस्विरहरु हुन् । तर, जब यसलाई इन्टरनेटमा पोष्ट गरियो यो निकै चर्चित बन्यो ।
धेरै अघि खिचिएका यी तस्विरका व्यक्तिहरु अहिले कस्तो भए होलान् । हेरौँ केही तस्विरहरु :
‘सक्सेस किड’ स्यामी ग्रिनेर
सन् २००७ मा स्यामी ११ महिनाको हुँदा यो तस्विर खिचिएको थियो । यसमा उनले केही सफलता हात पारेर खुसियाली मनाएको जस्तो देखिन्छ ।
यो तस्विर चर्चित भएको कारण स्यामीले आफ्नो पिताको किड्नीको उपचारको लागि रकम जम्मा गर्न सफल भएका थिए । अहिले उनी ११ वर्षका भएका छन् ।
ब्याड लक ब्रायक
कायल क्रेवनको यो तस्विर सन् २०१२ मा कलेजमा हुँदा खिचिएको थियो । अहिले उनी पिता बनिसकेका छन् भने कन्सट्रक्सन सेक्टरमा काम गर्छन् ।
ओभर्ली अट्याच्ड गर्लफ्रेन्ड
क्रेजी गर्लफ्रेन्डको रुपमा प्रयोग गरिने यो तस्विर लाइना वाकरको हो । यो तस्विर सन् २०१२ मा अपलोड भएको भिडियोबाट लिइएको हो ।
डिजास्टर गर्ल
सन् २००४ मा जोय रोथको तस्विर उनको पिताले खिचेका थिए । उनलाई डिजास्टर गर्ल भनेर चिनिन्थ्यो ।
बालकलाकार मिया टेलरिको
बाल कलाकार रहेकी मियाको यो तस्विर गुडलब चार्लीको सुटिङको क्रममा सन् २०१० मा लिइएको थियो ।
ओलम्पिकमा रजत पदक विजेता
जिम्नास्ट म्याकायला मैरोनीको यो तस्विर सन् २०१२ को लण्डन ओलम्पिकको दौरान लिइएको थियो ।
‘ओ माई गड’ गर्ल
उनी हुन् म्यागी गोल्डनबर्गरको यो तस्विर उनले आप्नो मनपर्ने तस्विर पाएपछि खिचिएको थियो । उनी हाल नर्स भएर काम गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण