‘हिलारी स्टेप’ भत्किएको छैन, हिउँले छोपिएको छ– पथ प्रदर्शक शेर्पा
सोलुखुम्बु, १२ जेठ । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ ।
शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् ।
बाटो बनाउने काममासमेत संलग्न पथ–प्रदर्शक शेर्पाले भने “यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ । त्यसैले हिलरी स्टेप नदेखिएर ती आरोहीलाई भ्रम परेको हुनसक्छ । हिलरी स्टेप जहाँ थियो र जस्तो थियो, त्यस्तै छ ।” सगरमाथा आरोहण गरी फर्किएका अर्का पर्वतारोही लीला बस्नेतले हिलरी स्टेप हिउँले छोपिएको अवस्थामा रहेको बताए ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पनि हिलरी स्टेप नरहेको भन्ने खबर सत्य नभएको बताए। उनले भने, “भूकम्पका कारण हिलरी स्टेपमा कुनै असर परेको छैन । हिउँले गर्दा हिलरी स्टेपको सानो भाग मात्रै देखिन्छ, बाँकी भाग हिउँले छोपिएको अवस्थामा छ ।”
हिमपहिरो र भूकम्पका कारण सन् २०१४ र २०१५ आरोहण हुन नसकेपछि सन् २०१६ मा आरोहण खुलाउन केही रुट परिवर्तन गरिएका थिए ।
त्यस क्रममा‘हिलारी स्टेप’नाम दिइएको चट्टानबाट नभइ त्यही चट्टानको दाहिनेतिरबाट बाटो खुलाइएको थियो । यसपटक पनि गत वर्षकै बाटोलाई निरन्तरता दिइएको छ ।
करिब ८,००५ मिटर नजिक साउथ समिट आसपासका क्षेत्रलाई हिलरी स्टेपको नामले चिनिन्छ । पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका दुई आरोहीमध्येका एक सर एडमण्ड हिलरीको नाममा उक्त भागको नाम हिलरी स्टेप राखिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण