बाली बिमाबारे किसान अनविज्ञ
बैतडी, १२ जेठ । बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन् ।
सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए ।
बाली बिमा नगरेकै कारण किसानले बर्सेनि क्षतिपूर्ति पाउन सकेका छैनन् । “बाली बिमाबारेमा किसानले चासो दिने गरेका छैनन्,” नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्राविधिक सहायक महादेव अवस्थीले भने । कम्पनीले डडेल्धुरा र बैतडीमा कृषि बिमा गर्ने गरेको छ ।
सरकारले विभिन्न बालीमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बिमा शुल्क आफैले तिर्ने गर्दछ । क्षतिपूर्ति किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण