शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्रीमान्सँगको विवादमा मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

शुक्रबार, १२ जेठ २०७४, १६ : ५०
शुक्रबार, १२ जेठ २०७४

राजविराज, १२ जेठ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप