शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नतिजाको पर्खाइमा दुई महानगर र एक नगरपालिका (कसको कति मत ?)

शुक्रबार, १२ जेठ २०७४, १६ : ५५
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– पहिलो चरणमा सम्पन्न भएका ३४ जिल्लाका २ सय ८३ स्थानीय तह मध्ये अब तीन स्थानीय तह मात्रै अन्तिम नतिजाको पर्खाइमा छ । काठमाडौं र भरतपुर महानगर तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाको मात्रै अन्तिम परिणाम आउन बाँकी छ । सार्वजनिक भएका २ सय ८० स्थानीय तहमध्ये एमालेले १२३ स्थानमा प्रमुख सहित जित हासिल गरेको छ भने नेपाली काँग्रेसले १०४ स्थानीय तह जितेको छ । नेकपा माओवादी केन्द्रले ४६ स्थानीय तह तथा राप्रपा, नयाँ शक्ति, नेमकिपा र स्वतन्त्रले गरी ७ स्थानीय तह जितेका छन् । बाँकी रहेका तीन स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा एमाले विजय उन्मुख छ भने भरतपुरको परिणाम अहिले नै भन्न सकिने अवस्थामा छैन । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रारम्भिक गणनामा नेपाली काँग्रेसले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ । कुन स्थानीय तहका कसको कति मत ? भक्तपुर, चाँगुनारायण नगरपालिका मेयर नेपाली कांग्रेस (राजाराम खड्का)— २८३९ मत एमाले (सोम मिश्र)— २८२२ मत राप्रपा (रविन्द्रप्ताप शाह)— १३३२ मत नेमकिपा (न्हुच्छे फोजु) — १२५२ मत माओवादी केन्द्र (शिव अधिकारी) — २०४ मत उपमेयर नेपाली कांग्रेस (सरु बानियाँ)— ३३६० मत एमाले (बिना बाँस्तोला) — २८५५ मत राप्रपा (युवती कार्की)— ११८४ मत नेमकिपा (गीता काफ्ले)— ८८३ मत माओवादी केन्द्र (लक्ष्मी खड्का)— २३४ मत   चितवन, भरतपुर महानगरपालिका मेयर एमाले (देवी ज्ञवाली)— ३५००९ मत माओवादी केन्द्र (रेणु दाहाल)— ३३३६८ मत राप्रपा (बद्री तिमिल्सिना)— ५१०० मत उपमेयर नेपाली कांग्रेस (पार्वती शाह)— ३७०३१ मत एमाले (दिव्य आचार्य) — ३१७३५ मत राप्रपा (रिना गुरुङ)— ५३९९ मत काठमाडौं महानगरपालिका मेयर एमाले (विद्यासुन्दर शाक्य) — ५७४७३ मत नेपाली कांग्रेस (राजुराज जोशी)— ४०२६९ मत विवेकशील पार्टी (रञ्जु दर्शना) — २०८७९ मत साझा पार्टी (किशोर थापा) — १६१७६ मत माओवादी केन्द्र (सर्वोत्तम डंगोल) — ६६८० मत उपमेयर नेपाली कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) — ५२४९० मत राप्रपा (राजाराम श्रेष्ठ) — ३१०७७ मत साझा पार्टी (निरुपमा यादव) — १०२६३ मत माओवादी केन्द्र (सुशीला पौडेल) — ८९१० मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप