रुकुमबाट दुई हजार क्विन्टल जडीबुटी निकासी
रुकुम, १२ जेठ । चालु आवको नौ महिनामा दुई हजार क्विन्टल जडीबुटी जिल्ला बाहिर निकासी भएको छ ।
साउनदेखि वैशाखसम्ममा सो परिमाणको विभिन्न प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको हो । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालका अनुसार गत वर्ष जिल्लाबाट तीन हजार ४२८ क्विन्टल जडीबुटी निकासी भएको थियो ।
कार्यालयका अनुसार जिल्लाबाट पाखनबेद, जटामसी, पदमचाल्लो, यार्सागुम्बा, टिम्मुर, अमला, पावनको बोक्रा, धुपीसल्लाको पातलगायत जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट रु २० लाख ५५ हजार राजस्व सङ्कलन जयसवालले बताए । जडीबुटी निकासीबाट रु तीन करोडभन्दा बढी रकम भित्रिएको छ ।
जडीबुटी उत्पादनका लागि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा पकेटक्षेत्र घोषणा गरी किसानलाई अनुदान समेत प्रदान गर्दैआएको छ । टिम्मुरखेती, रोजमेरी, पदमचाल्लो, धूपीलगायत जडीबुटी उत्पादनका लागि अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण