कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी
शुक्रबार, १२ जेठ २०७४, १६ : ५३
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ ।
त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ ।
वडा नं १२ मा एमाले विजयी
यस्तै वडा नं १२ को मत परिणाम पनि मिश्रित ढङ्गबाट आएको छ । वडा अध्यक्षमा एमालेको तर्फबाट विकास डङ्गोल एक हजार ६७० मत ल्याएर विजय हुनुभएको छ ।
त्यस्तै महिला सदस्यमा नेपाली काँग्रसको उम्मेदवार नानीहिरा डङ्गोल, दलित महिला सदस्य उसीला सिंह विजयी हुनुभएको छ ।
खुल्ला सदस्यमा एमालेका उम्मेदवार रत्नकाजी महर्जन र काँग्रेसका पुष्परत्न प्रजापतिले विजय हासिल गर्नुभएको छ ।
हालसम्म कामपाको ३२ वडामध्ये २७ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १५ र नेपाली काँग्रेसले १२ वडामा जित हासिल गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण