नेमकिपा नयाँ सरकारमा जाँदैन : बिजुक्छे
भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् ।
आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।
अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए ।
अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा समेत विकास गर्ने प्रतिवद्धता जनाए ।
उपप्रमुख रजनी जोशीलगायत नगरका १० वटा वडाका वडा अध्यक्षहरुले भक्तपुर नगरलाई समृद्ध नगर बनाउन एकजुट भएर लाग्ने बताइन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण