धनगढी उपमहानगरपालिकामा उम्मेदवार छनोटमा विवाद
धनगढी, १२ जेठ । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षका उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली काँग्रेस कैलालीमा विवाद चुलिएको छ ।
धनगढी उपमहानगरका वडाध्यक्षका उम्मेदवारको नाम पार्टीले सार्वजनिक गरेपछि वडाध्यक्षका अन्य आकांक्षी असन्तुष्ट बनेका छन् । पुराना र योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर उम्मेदवार छनोटको जिम्मा पाएका पार्टीका नेताहरुले आफ्ना आसेपासेलाई टिकट दिएको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा ताला लगाएका छन् ।
काँग्रेस कैलालीका सभापति नरनारायण शाह र काँग्रेसका नेता एवम् सांसद पुष्करनाथ ओझाबीचको सहमतिका आधारमा धनगढी उपमहानगरका विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारको छनोट गरेको बताइएको छ । छनोटपछि अन्य आकांक्षी असन्तुष्ट बनेका हुन् ।
उपमहानगरको प्रमुख र उपप्रमुखमा कसलाई टिकट दिने भन्ने निर्णय अहिलेसम्म हुनसकेको छैन । प्रमुखका लागि कृष्णबहादुर महरा र नृप ओड आकांक्षी रहेका छन् ।
कांँग्रेसका जिल्ला सचिव दीपकराज जोशीले पार्टीमा टिकट वितरणलाई लिएर सामान्य विवाद देखिएको स्वीकार्दै विवाद विस्तारै मत्थर हुँदै जाने दाबी गर्नुभयो । काँग्रेसले जिल्लाका सबै गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।
जानकी नगरपालिकाको प्रमुखमा गङ्गा चौधरी र उपप्रमुखमा सूर्य वटलालाई उम्मेदवार बनाउने निर्णय गरेको जोशीले बताउनुभयो ।
यसैबीच राप्रपाले धनगढी उपमहानगरको प्रमुखमा विष्णुबहादुर शाहु र उपप्रमुखमा श्रीमती जनक कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइसकेको राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण