बन्दुकधारीद्वारा क्रिस्चियन बोकेको बसमा आक्रमण, २६ को मृत्यु
एजेन्सी कायरो, जेठ १२ – क्रिस्चियन धर्मावलम्बीहरु बोकेको बसमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
मिनिया सहरमा रहेको सेन्ट स्यामुयल मोनास्ट्रीमा गइरहेका यात्रुहरुमाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता खालेद मुगाहेदले बताएका छन् ।
दुईवटा कारमा सवार बन्दुकधारीहरुले मरुभूमिको बीचमा गोली प्रहार गरेका थिए । मिनियाबाट १ सय किलोमिटर पश्चिममा भएको घटनामा २५ जना घाइते भएको बताइन्छ ।
मारिनेमा पुरुष, महिलासहित बालबालिका पनि रहेको बताइएको छ ।
घटना कसले के कारणले घटाएको भन्ने यकिन भएको छैन ।
सन् २०११ मा होस्नी मुबारकको पतनपछि इजिप्टमा क्रिस्यिनहरुमाथि आक्रण्म बढेको छ । इजिप्टमा १० प्रतिशत क्रिस्चियनहरु रहेका छन् ।
गत महिना पाम सहरमा भएको चर्च हमला कारण देशमा अझै संकटकालको स्थिति रहेको छ । उक्त घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण