दोस्रो पटक पनि संसद बैठक बस्न सकेन, सहमति जुटाउने सभामुखको प्रयास असफल
शुक्रबार, १२ जेठ २०७४, १७ : ३२
काठमाडौं, जेठ १२– ब्यवस्थापिका संसदको शुक्रबार बस्ने भनिएको दोस्रो वैठक पनि बस्न सकेन । दोस्रो पटकका लागि सारिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
स्थगित बैठक शनिवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
शुक्रबार दिउँसो १ बजेको बैठक पनि अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले स्थानीय तह थप गरेको विरोधमा एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।
सरकारको नीति तथा कार्यक्रम पारित नभई बजेट पेश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।
एमालेले स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता नलिएको भन्दै विगत तीन दिनयता संसद बैठक चल्न दिएको छ । विहिबार सरकारको नीति तथा कार्यक्रम पेश गर्न भने एमालेले अवरोध गरेको थिएन ।
अवरुद्ध संसद बैठक सञ्चालन गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेताहरुको बैठक बोलाएकी थिइन् ।
तर शीर्ष तीनै दलका नेताहरु सभामुखले बोलाएको छलफलमा नआएपछि शनिवार पुनः शीर्ष नेताबीच छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण