शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ नवनिर्वाचित उपप्रमुख गुरुङकी महिलाको जीवनी बदल्ने सुत्र 

शुक्रबार, १२ जेठ २०७४, १७ : ४२
शुक्रबार, १२ जेठ २०७४
पोखरा, जेठ १२ – पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले निम्न आय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा विशेष जोड दिइने बताएका छन् । यसले महिलाहरुको जीवनी बदलिने उनले जोड गरिन । महानगरपालिका उपप्रमुखमा आज निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उनले निर्वाचनका बेला टोलबस्तीमा पुगेर आफूले बोलेका कुरा अब व्यवहारमा उतार्ने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे। स्याङ्जाको सिरुबारी पञ्चमूलमा २०१८ साल मङ्सिर १६ गते जन्मीएकी गुरुङ हाल पोखरा–लेखनाथ महानगरपालिका–८, न्युरोडमा बस्दै आएकी छन् । माता गौरादेवी र पिता ओमप्रसादबाट जन्मीएकी उपप्रमुख गुरुङका श्रीमान् मेखबहादुरको २०४९ साउन १६ गते हवाई दुर्घटनामा परी निधन भएको थियो । आइएडसम्म अध्ययन गरेकी गुरुङका एक छोरा र एक छोरी छन्। विसं २०५५ मा नेकपा (एमाले) को सङ्गठित सदस्यता लिएकी गुरुङले अखिल नेपाल महिला सङ्घको नगर सचिव, अध्यक्ष र २०५० देखि निरन्तर रुपमा एमालेमा रहेर काम गर्दै आएका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप