शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पूर्व अर्थमन्त्रीहरु भन्छन्– नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा

शुक्रबार, १२ जेठ २०७४, १७ : ४४
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– पूर्व अर्थमन्त्रीहरुले नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा प्रवेश गरेको दावी गरेका छन् । पूर्व अर्थमन्त्री एवम् काँग्रेस नेता डा. रामशरण महत र पूर्व अर्थमन्त्री एवम् एमाले नेता सुरेन्द्र पाण्डेले नेपाल स्वाधिन अर्थतन्त्र निर्माणको चरणमा प्रवेश गरेको दावी गरे । पूर्व अर्थमन्त्री महतले नेपालमा बैदेशिक परनिर्भरता घटदै गएको तथ्यांकहरुले नै पुष्टि गरेको पनि बताए । उदार अर्थनीतिका कारण नेपालमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक गतिविधिलाई अघि बढाउन सकेको उनले बताए । पूर्व अर्थमन्त्री महतले उत्पादनलाई बढाउने र त्यसका लागि मुलुकको प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गर्ने नीतिलाई बढदा जोड दिनेबेला आएको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा ‘नेपालको अर्थ राजनीति’ नामक पुस्तक विमोचन गर्दै नेता महतले चीन र भारतबाट पनि नेपालले आर्थिक क्षेत्रको विकासमा लाभ लिन सक्ने परिस्थिति बन्दै गएको पनि उल्लेख गरे । एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उत्पादन र वितरणको कामलाई सन्तुलित ढंगले अघि बढाउन सके नेपालको आर्थिक क्षेत्रको विकास तीव्र गतिमा अघि बढने विश्वास व्यक्त गरे । उनले उत्पादन बढाउन श्रमिकलाई उत्पादनको साधनको मालिक बनाउनुपर्ने आवश्यकता आंैल्याए । पूर्व अर्थमन्त्री पाण्डेले बैदेशिक परनिभरता घटाउन नेपाल भित्रै रोजगारीको अवसर सिर्जना गर्ने खालका उद्योगहरुको विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप