शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पहिलो चरणमा १३ हजार ३३ प्रतिनिधि निर्वाचित

शुक्रबार, १२ जेठ २०७४, १७ : ५७
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमध्ये २८० स्थानीय तहको नतिजा प्राप्त भएको जनाएको छ । २८० स्थानीय तहको मतगणना सम्पन्न भइ प्राप्त विवरणअनुसार १३ हजार ३३ प्रतिनिधि निर्वाचित भएको औपचारिक जानकारी आयोगले दिएको छ । २८० नगरप्रमुख वा अध्यक्ष, उपाध्यक्ष/उपप्रमुख २८०, वडाध्यक्ष २ हजार ५२६, वडा सदस्य ५ हजार ४६, महिला सदस्य २ हजार ५२१ र दलित महिला सदस्य २ हजार ३ सय ८० जना निर्वाचित भइसकेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबार विज्ञप्ति जारी गरी अब काठमाडौं र भरतपुर महानगर तथा चाँगुनारायण नगरपालिका गरी ३ वटा स्थानीय तहको विवरण आयोगलाई प्राप्त हुन बाँकी रहेका जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप