एमाले नेता योगेशको दावी : निर्वाचनमा एमाले र माओवादी तालमेल सफल अरुसँग असफल
शुक्रबार, १२ जेठ २०७४, १८ : ५१
काठमाडौं जेठ १२ – नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताएका छन् ।
प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले पहिलो चरणको स्थानीय निर्वाचनको परिणामले नेपाली काँग्रेस र माओवादी वा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका तालमेललाई जनताले अनुमोदन नगरेको जनाउँदै एमाले र माओवादीबीचको तालमेल तुलनात्मकरुपमा सफल भएको उल्लेख गरे।
नेता भट्टराईले भने ‘एमाले र माओवादीबीच लमजुङ र बाग्लुङमा भएका तालमेल सफल भएका छन् र अन्य ठाउँमा भएका अन्य पार्टीबीचका तालमेललाई जनताले अप्राकृतिक ठहर गरेका छन् ।’
कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचन प्रचारका बारेमा जानकारी गराएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण