शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धारिलो हतियारले ब्यक्ति हत्या गर्ने ११ वर्षपछि समातिए

शुक्रबार, १२ जेठ २०७४, १९ : ३६
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने कान्छा महर्जन भन्ने राधाकृष्ण महर्जनलाई धारिलो हतियार प्रयोग गरी फरार भएका पूर्णकुमार श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । २०६३ असारमा राधाकृष्णको हत्या गरेर फरार भएका श्रेष्ठलाई ११ बर्षपछि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रवक्ता (एसपी) मीरा चौधरीले जानकारी दिइन् । श्रेष्ठसहितका तीन जनाले का.म.न.पा–१६ बालाजु बाइपास चोकमा तरबार, फलामे रड, खुकुरी जस्ता धारिलो हतियार प्रयोग गरी महर्जनको हत्या गरेका थिए । धादिङ निलकण्ठ नगरपालिका–५ स्थायी घर भएका ३६ वर्षीय पुर्णकुमार श्रेष्ठलाई गत मंगलबार काठमाडौंको माछापोखरीबाट नियन्त्रणमा लिएर अदालमा पेश गरिएको सीआईबीले जनाएको छ । जिल्ला अदालत काठमाडौंको आदेशले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप