शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मेडिकल कलेज स्थापना गर्छु – नगरप्रमुख महत

शुक्रबार, १२ जेठ २०७४, १९ : ३८
शुक्रबार, १२ जेठ २०७४
हेटौँडा, जेठ १२ – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ । आज यहाँ आयोजित शपथ ग्र्रहणपछि पदभार सम्हाल्दै उनले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापनाका लागि योजनासमेत अगाडि बढाउने उद्घोष गरे । उनले सहिद स्मारकको विकासका लागि आफूहरु लागिपरेको भन्दै अब अर्को पर्यटकीयस्थल गुम्बा डाँडाको पनि भौतिक विकासमा जोड दिने बताए । पदभार ग्रहणअघि नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराएको थियो । शपथ ग्रहणपछि नवनिर्वाचित जनप्रतिनिधिले विगतमा कर्मचारीबाट समस्या भोगिरहेका नगरवासीलाई छिटो छरितो ढङ्गले सेवा दिन आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता जनाए । शपथग्रहण समारोहमा नगरप्रमुख महत, उपनगर प्रमुख मीना लामा, र १९ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप