शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ज्वाईँलाई टिकट दिएर आफूले नपाएपछि कश्यपले पार्टी छाडे

शुक्रबार, १२ जेठ २०७४, १९ : ५८
शुक्रबार, १२ जेठ २०७४
सन्धिखर्क, जेठ १२– नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ काश्यपले पार्टी परित्याग गरेका छन् । लामो समय काँग्रेस राजनीतिमा लागेर पनि मूल्यांकन नभएको गुनासो गर्दै कश्यपले पार्टी परित्याग गरेका हुन् । पार्टी जिल्ला सभापतिलाई सम्बोधन गरी हातैले लेखिएको राजिनामा पत्र कश्यपले शुक्रबार बुझाएका हुन् । उनले राजिनामा पत्रमा आफ्नो आजसम्मको ऊर्जाशील जीवन पार्टीमा लगाउँदै आएको स्मरण गराउँदै आज उप्रान्त पार्टीमा नरहने जनाएका छन् । पाणिनी गाउँपालिकाको अध्यक्षका आकांक्षी कश्यपलाई पार्टीले टिकट नदिएपछि पार्टी परित्याग गरेका हुन् । उनकै ज्वाइँ खडानन्द बेल्बासेलाई भने काँग्रेसले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको चुनावमा टिकट नपाएपछि काँग्रेसका पुराना कार्यकर्ताहरुले धमाधम पार्टी छाडेका छन् । कांग्रेसका जिल्ला सदस्य रहेका रामप्रसाद घिमिरेले स्थानीय तहको चुनावमा टिकट नपाएको झोँकमा साधारण सदस्य समेत नरहने गरी सोमवार राजिनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप