यस्तो छ, काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम
शुक्रबार, १२ जेठ २०७४, २० : ०८
काठमाडौं, जेठ १२ –स्थानीय निर्वाचन मत परिणाम आउने क्रममा निकै चासोका दृष्टिकोणले हेरिएको काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एक लाख ७५ हजार ७ सय २२ मत गणना भएको छ ।
मत परिणाम अनुसार महानगरपालिकाको मयेर पदमा नेपाली कांगे्रस भन्दा झण्डै १७ हजारले एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य अगाडी छन् । शाक्यले ५७ हजार ९ सय ५७
मत ल्याएर करिब आफ्नो जीत सुनिश्चित गरिसकेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ४० हजार ६ सय ९० मत ल्याएर दोस्रो स्थानमा छन् । उपमेयरका प्रत्यासीले ५३ हजार ९ मत ल्याएका छन् ।
यस्तै, विवेकशील नेपाली पार्टीका तर्फबाट उम्मेद्वार बनेका रञ्जु दर्शनाले २१ हजार ६३ मत ल्याएर तेस्रो स्थानमा कायम छिन् । यसै गरीसाझा पार्टीका किशोर थापाले १६ हजार ३ सय ३५ मत ल्याउन सफल देखिएका छन् रमाओवादी केन्द्र सर्वोत्तम डंगोलले ९ हजार ३ मत मात्र ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण