शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ग्रामथान गाउँपालिकामा माओवादी केन्द्र र एमालेको उम्मेदवारी घोषणा

शुक्रबार, १२ जेठ २०७४, २० : ०८
शुक्रबार, १२ जेठ २०७४
विराटनगर, जेठ १२– मोरङको ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँप्रमुख उपप्रमुखसहित सातै वटा वडामा उम्मेदवारी घोषणा गरेको छ । ग्रामथान गाउँपालिको प्रमुखमा केन्द्रको तर्फबाट रमेश भगत र उपप्रमुखमा रेणुका चौधरी (थारु) लाई अघि सारेको छ । त्यस्तै, ग्रामथान गाउँपालिका १ मा लजनारायण माझी, २ मा पूर्णकलाल उराउ, ३ मा रबिन्द्र गच्छदार, ४ मा तीलकराम बहिदार, ५ मा घेलुलाल चौधरी, ६ मा नीरबहादुर निरौला र ७ मा भरतलाल माझीलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको छ । उम्मेदवार घोषणा सभामा बोल्दै ग्रामथान गाउँपालिको प्रमुखको उम्मेदवार रमेश भगतले अन्य गाउँपालिका भन्दा ग्रामथान गाउँपालिकालाई नमुना गाउँमा रुपमा चिनाउने प्रतिवद्धता जनाएका । ग्रामथान गाउँपालिका नेकपा एमालेले प्रमुखमा शिवनारायण माझी र उपप्रमुखमा गुणवती धामीलाई उठाएको छ । नेपाली काँग्रेस तथा मधेशी दलहरुले उम्मेदवारी छनौटको तयारी गरेका छन् । साविकको ६ वटा गाविसलाई मिलाएर ग्रामथान गाउँपालिका बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप