कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग
शुक्रबार, १२ जेठ २०७४, २० : १९
काठमाडौँ, जेठ १२ – कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ ।
तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी९टिकिडस्०ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो ।
कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उनलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गरे ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उनको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो । सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनाका साथै विभिन्न कला प्रदर्शन गर्नुभएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण