शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक गर्यो माओवादी केन्द्रले झापामा प्रमुख–उपप्रमुखसहित ५२ उम्मेदवार

शुक्रबार, १२ जेठ २०७४, २० : ३१
शुक्रबार, १२ जेठ २०७४
बनियानी (झापा), जेठ १२ – नेकपा (माओवादी केन्द्र)ले बिर्तामोड नगरपालिकाका प्रमुख÷उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ । बिर्तामोडमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार रहने जानकारी दिनुभयो । सो अवसरमा नगरपालिकालाई आत्मनिर्भर बनाउन समाजवादी अर्थतन्त्रको नीतिअनुरुपका क्रियाकलाप अपनाइने प्रमुखका प्रत्यासी कडरियाले बताउनुभयो । उपप्रमुखकी उम्मेदवार न्यौपानेले आफूलाई उपप्रमुखमा विजय गराए समृद्ध बिर्तामोडको परिकल्पनालाई मूर्तरुप दिन पहल गर्नेछु भन्नुभयो । माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं प्रदेशका संयोजक सावित्रीकुमार काफ्ले, पार्टीका झापा इन्चार्ज झलकसिंह दर्लामीलगायतले उम्मेदवारलाई विजयका लागि शुभकामना दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप