उपमेयरमा हारेपछि माओवादी उम्मेदवारले निकालिन् यस्तो विज्ञप्ति
शुक्रबार, १२ जेठ २०७४, २० : ३५
काठमाडौं, जेठ १२– पोखरा–लेखनाथ महानगरपालिकाकी माओवादी केन्द्रकी उम्मेदवार गोमा ढकालले पराजय स्वीकार गर्दै महानगरको विकाशमा हातेमालो गर्नेप प्रतिवद्धता जनाएकी छन् ।
निर्वाचनमा पराजित भए पनि समुन्नत र आधुनिक पोखरा लेखनाथ महानगरपालिकाको जनसमुदायको आकाङ्क्षालाई सम्बोधन गर्ने आफ्नो प्रयास पराजित नहुने उनले जनाएकी छन् ।
निर्वाचनमा दल र उम्मेदवारको जीत हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले अहिलेको निर्वाचनमा देश र सम्पूर्ण जनताले जितेको बताएकी छन् ।
आफूले हारे पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका मुद्दाहरुले जितेको उनको तर्क छ ।
साथै उनले महानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै पोखराको विकास र जनताका आकांक्षाको सम्बोधनका लागि सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छन् ।
पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र माओवादी गठबन्धनलाई हराउँदै एमालेले मेयर र उपमेयर दुवै जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण