राजपाले आन्दोलनको घोषणा गरेकै दिन मधेशमा ४ सय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग
शुक्रबार, १२ जेठ २०७४, २० : ४५
सर्लाही, जेठ १२ – राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचनलाई विथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा उक्त पार्टीका चार सय भन्दा धेरै नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजपाको एक घटक महेन्द्र राय यादब नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सह महामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा ४ सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
सर्लाहीको इश्वरपुरमा शनिवार आयोजित चुनावी सभामा नेता पोखरेलले नव प्रवेशीहरुलाई अबिर र माला लगाएर आफ्नो पार्टीमा भित्र्याएको हो ।
कार्यक्रममा नेता कुशवाहाले मधेशवादी दलहरुबाट मधेशको हित हुने सम्भावना नदेखेपछि माओवादी केन्द्रमा प्रवेश गरेको बताए । उनले मधेशको प्रगतिको लागि चुनाव अपरिहार्य रहेको भन्दै अब जुनकुनै हालतमा चुनाब सफल पार्न लागि पर्ने स्पष्ट पारे ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु प्रल्हाद वुढाथोकी, डाचाराज वाग्ले, पोलिटव्यूरो सदस्य डाचाराज वाग्ले, लगायतको सहभागिता थियो । कुशवाहाको नेतृत्वमा तमसपा, एमाले लगायतका राजनीतिक पार्टीका केन्द्र, जिल्ला, क्षेत्र र नगर स्तरिय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमाले इश्वरपुर नगर कमिटि सदस्यहरु रामपृत महतो, रामपुकार महतो लगायतका नेता कार्यकर्ता पनि आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्र सर्लाहीका अध्यक्ष कमल बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण