तेह्र हजार ३३ जनप्रतिनिधि निर्वाचित
शुक्रबार, १२ जेठ २०७४, २१ : ०७
काठमाडौँ, जेठ १२ – निर्वाचन आयोगले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म १३ हजार ३३ जनप्रतिनिधि निर्वाचित भएको जानकारी दिएको छ ।
कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म २८० स्थानीय तहको मतगणना समाप्त भई निर्वाचित जनप्रतिनिधिको विवरण प्राप्त भएको छ ।
अब काठमाडाौं र भरतपुर महानगरपालिका तथा चाँगुनारायण नगरपालिका गरी तीन स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २८०, उपाध्यक्ष/ उपप्रमुख २८०, वडाध्यक्ष दुई हजार ५२६, खुला वडा सदस्य पाँच हजार ४६, महिला सदस्य दुई हजार ५२१ र दलित महिला सदस्य दुई हजार ३८० जना निर्वाचित भइसक्नुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण