शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाले स्थायी समितिले टुंगो लगायो चार उपमहानगरको उम्मेदवार

शुक्रबार, १२ जेठ २०७४, १८ : २१
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– नेकपा एमालेले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि चार उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । दोस्रो चरणमा हुने नेपालगञ्ज, घोराही, तुल्सीपुर र बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको हो । एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले चार उपमहानगरको उम्मेदवारको टुंगो लगाएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । एमालेले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख समसुद्धिन सिद्धिकी र उपप्रमुखको शान्ति ढकाललाई बनाउने निर्णय गरेको छ । यस्तै, एमालेले दाङको घोराही उपमहानगरपालिकाको प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानेलाई बनाएको छ । यसैगरी दाङको तुल्सीपुर उपमहागरपालिको प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्यलाई उम्मेदवार तय गरिएको छ भने बुटवल उपमहानगरमा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई तय गरिएको एमालेले जनाएको छ । एमाले संसदीय दलको कार्यालयमा बसेको स्थायी समितिको बैठकले सर्वोच्चको आदेशको स्वागत गर्नुका साथै निर्धारित जेठ ३१ मा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप