शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाण्डौंको उत्तरढोकामा खुल्यो मदिराको नयाँ मार्ट

शुक्रबार, १२ जेठ २०७४, २१ : ३६
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२ – काठमाण्डौंको नारायणहिटी दरबारको उत्तर ढोकामा अवस्थित सडक खण्डमा मदिराको नयाँ मार्ट सञ्चालनमा आएको छ । फ्रेस लिकर ल्याण्ड कम्पनीले उक्त मदिराको नयाँ मार्ट सञ्चालनमा ल्याएको हो । स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरु पाईने उक्त मार्टमा विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उक्त मदिराको मार्टमा १० देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको जनाईएको छ । अष्टे«लियामा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली सुनिल साहले उक्त मार्ट खोलेका हुन् । युरोप र अष्टे«लियामा पाईने मदिराका विभिन्न ब्राण्डहरु मार्टमा राखिएको साहले जानकारी दिए । उक्त मार्टमा करिब चार करोड बराबरका मदिराहरु बिक्रीका लागि राखिएको साहले बताए । फ्रेस लिकर ल्याण्डको नाममा स्थापित उक्त मार्टमा विदेशी वाईन, बियर, हार्ड ड्रिंक्स र सफ्ट ड्रिंक्सहरु उपलब्ध छ । काठमाडौंको उत्तर ढोकामा मात्रै नभई अन्य विभिन्न स्थान र ललितपुर साथै चितवनमा समेत चेन मार्केटका रुपमा मदिराको मार्ट विस्तार गर्न लागेको साहले जानकारी दिएका छन् । आम उपभोक्ताहरुलाई सस्तो मूल्यमा मदिराहरु बिक्री गर्ने उद्देश्यले यस्तो मार्टको अवधारणा ल्याईएको साहले बताए । साहले भने, ‛ हामीले सस्तो मूल्यमा गुणस्तरीय वाईन र अन्य ड्रिंक्सहरु आम उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य राखेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप