शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

झापामा चार महिला प्रमुखका उम्मेदवार

शनिबार, १३ जेठ २०७४, ०८ : २६
शनिबार, १३ जेठ २०७४
काँकडभिट्टा, १३ जेठ - झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् । सोअनुसार नेकपा एमालेले कमल नगरपालिकामा मेनुका काफ्ले र नेपाली काँग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ । एकतिस दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप