शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जनकपुरलाई महानगरपालिका बनाउ

शनिबार, १३ जेठ २०७४, ०८ : २८
शनिबार, १३ जेठ २०७४
महेन्द्रनगर धनुषा, १३ जेठ - जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा एमाले धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ । एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप