निर्वाचनको मिति सार्न आग्रह
शनिबार, १३ जेठ २०७४, ०८ : ३१
पर्सा, १३ जेठ - स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेखि मुसलमान समुदायको एकमहिने रमजान व्रत सुरु हुने र व्रतका क्रममा निर्वाचनका गतिविधिमा आफ्नो समुदाय सहभागी हुन नसक्ने भएकाले जेठ ३१ गते हुने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति अगाडि सार्न आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा आउँदो असार ११, १२ र १३ गते मुसलमान समुदायको इद उलफित्र ९इद पर्व०परेको र सोही मितिमा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्चमाध्यमिक विद्यालय कक्षा ११ को परीक्षा राखेकाले इद मनाउनबाट समुदायका बालबालिका वञ्चित हुने भएकाले परीक्षाको मितिसमेत इदपछि राख्न अनुरोध गरिएको छ ।
मुसलमान नागरिक समाज पर्साले समेत ज्ञापनपत्र बुझाउँदै स्थानीय तह निर्वाचनको मिति तथा कक्षा ११ को परीक्षालाई इदपछिको मितिमा सार्न आग्रह गरेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण