शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारमुक्त नगरको प्रतिबद्धता

शनिबार, १३ जेठ २०७४, ०८ : ३२
शनिबार, १३ जेठ २०७४
सिन्धुली, १३ जेठ - कमलामाई नगरपालिका सिन्धुलीका नवनिर्वाचित प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता जनाएका छन् । सिन्धुलीमाडीमा शुक्रबार पेसागत महासङ्घ नेपाल सिन्धुलीले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा खत्रीले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा भ्रष्टाचार व्यापक मौलाएको र विकास निर्माणका कार्य सोचेअनुरुप नभएकाले भ्रष्टाचारलाई शून्यमा झारिने बताए। कहीँकतै कुनै कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीसँग नियम विपरीत पैसा लिइएको जानकारी प्राप्त भएको १० मिनेटमा नै त्यस्ता कर्मचारीलाई कारबाही गरिने चेतावनी उनको छ । आफू निर्वाचित भएको १५ दिनभित्र र आफूले पद छाड्नु १५ दिनअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउँदै उनले आफूले पाउने भत्ता खुत्रुकेमा बचत गरेर एक नमुना काममा लगानी गर्नेसमेत जानकारी दिए । नगरका खानेपानी, सडक र विद्युत्का समस्या समाधान गर्ने गरी सम्बन्धित पक्षसँग आवश्यक परामर्श भइरहेको पनि उनले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप