शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काममा समन्वय नहुँदा जनतालाई सास्ती

शनिबार, १३ जेठ २०७४, ०८ : ३५
शनिबार, १३ जेठ २०७४
जनकपुरधाम, १३ जेठ । एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण काफ्ले आयोजनाले अर्बौंको क्षति पु¥याएका कारण कार्यालयबाट मर्मत कार्य सम्भव छैन भन्छन्। “प्रजिअ र आयोजना प्रमुखलाई क्षतिबारे ध्यानाकर्षण गराउँदा सकारात्मक पहल नहुँदा मर्मतको सम्भावना क्षीण हुँदै गएको जानकारी दिइएको छ” उनले भने, “प्रमुख जिल्ला अधिकारीले यो समस्यालाई गम्भीरतापूर्वक नलिएका कारण मर्मत अनिश्चित बनेको छ ।” यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । आयोजनाले खानेपानीका पाइपलाई क्षति पु¥याई हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ । खानेपानीको पाइपमा भएको क्षतिले सडकमा पानी खेर गइरहेको छ भने ग्राहक पानीका लागि विभिन्न विकल्प प्रयोग गर्न बाध्य देखिएका छन् । तापक्रम वृद्धिसँगै कल र इनारका पानी पनि सुकेकाले बजारबाट पानी किनेर दैनिकी चलाइरहेको विद्यापति चोकका महेश मिश्रले बताए। त्यस्तै नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर र कार्यालय परिसरमा नालाको पानी पसेको छ । समन्वयको अभाव विद्युत्का खम्बा सार्नेमा पनि देखिएको छ । आयोजनाले व्यवस्थित ढङ्गले कार्य सम्पादनमा ध्यान नदिँदा विद्युत् आपूर्तिमा अनियमितता उन्पन्न भएको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप