विस्तारित ढलको स्थलगत निरीक्षण
शनिबार, १३ जेठ २०७४, ०८ : ४२
भक्तपुर, १३ जेठ भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गरेका छन् ।
हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी, नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो ।
स्थलगत निरीक्षणका क्रममा ढलका लागि प्रयोग गरिएको ह्युम पाइप १६ इन्चको मात्र भएकाले ढलको व्यवस्थापनमा समस्या आउन सक्नेमा नगरप्रमुखलगायत जनप्रतिनिधिले चासो राखेका थिए । त्यस्तै खोला किनारमा निर्माण गरिएको पर्खालले खोला साँगुरो भएको गुनासो समेत व्यक्त गरिएको थियो ।
परियोजना कार्यान्वयन विभाग पिआइडीका इ किशोर पन्थीले वर्षात्को पानी र फोहर पानीका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले पाइप सानो राखिएको जानकारी दिए। स्थलगत निरीक्षणका क्रममा पाइप सानो हुने देखिएको बताउँदै उनले वर्षात्को पानी र फोहर ढलको पानी व्यवस्थापनका लागि थप अध्ययनको आवश्यक महसुस भएको जानकारी दिए ।
स्थलगत निरीक्षणपछि नगर प्रमुख प्रजापतिले नगरका जनप्रतिनिधि, प्राविधिक टोली र अन्य सम्बन्धित निकायलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरेर फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउनेबारे छलफल गरिने बताए ।
यसअघि गत बुधबार नगर प्रमुख प्रजापतिले हनुमन्ते खोलामा विस्तार भइरहेको सो ढलको विषयमा परियोजनाका अधिकारीसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण