उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु
शनिबार, १३ जेठ २०७४, ०८ : ४४
जुम्ला, १३ जेठ । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिए। भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिए । “गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो” उनले भने । रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको उनको भनाइ छ ।
डा. शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण