माओवादी केन्द्रबाट उम्मेदवार छनोट
शनिबार, १३ जेठ २०७४, ०८ : ५७
कञ्चनपुर, १३ जेठ - स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।
नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो । केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्रै लगाइने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताए । प्रमुख उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत छनोट गरिएको उनले जानकारी दिए । उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रमसमेत सुरु गरेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण