कांग्रेस सभापति देउवा र राजपाबीच छलफल
शनिबार, १३ जेठ २०७४, ०९ : ५४
जेठ १३, काठमाडौं - जेठ ३१ गते तोकिएको स्थानीय तहको दोस्रो चरणो निर्वाचन विथोल्ने उदेश्यले हिजो (शुक्रबार) आन्दोलन घोषण गरेको राजपाका नेताहरुले अहिले कांग्रेस सभापति शेर बहादुर देउवासँग भेट्दै छन् ।
राजपाले आन्दोलन घोषणा गरेकै दिन सरकारले थप गरेको २२ वटा स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न हिजो नै सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
राजपाको अध्यक्ष मण्डल र कांग्रेस सभापति देउवाबीचको छलफलमा सर्वोच्चको आदेशपछि स्थानीय तहको संख्या बढाउने प्रक्रियाको सम्बन्धमा छलफल हुने बताइएको छ ।
साथै नयाँ सरकार गठनको विषयमा पनि छलफल केन्द्रीत रहने राजपाका एक नेताले बताए ।
सरकारले संविधान संशोधन नगरेको तथा आफ्ना माग पुरा नभएको भन्दै राजपाले दोस्रो चरणको स्थानीय चुनाव वहिस्कार गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण