शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इच्छुकको १५ औं स्मृति दिवस : यसरी मनाइयो

शनिबार, १३ जेठ २०७४, १० : ३९
शनिबार, १३ जेठ २०७४

काठमाडौं, जेठ १३– माओवादी धाराका पत्रकारहरुले जनपक्षिय कवि तथा पत्रकार कृष्ण सेन “इच्छुक” को स्मृति दिवस संयुक्त रुपमा मनाएका छन् ।

इच्छुकको १५ औं स्मृति दिवसको अबसरमा शनिवार काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रभातफेरी र कोण सभा गरिएको छ । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सोसाइटीमा आवद्ध पत्रकारहरुको सहभागिता थियो ।

प्रभातफेरी पछि आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता जगतले जनपक्षिय पत्रकार कृष्ण सेनलाई कहिल्यै विर्सन नसक्ने बताए । उनले मुलुकमा लोकतन्त्र र गणतन्त्रको स्थापना तथा प्रेस स्वतन्त्रताको लागि कृष्ण सेनले पु¥याउनु भएको योगदान सँधै स्मरणीय रहने बताए ।

कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्षहरु गोविन्द आचार्य र बलराम थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, प्रेस सोसाइटीका अध्यक्ष केशव अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले स्वर्गिय पत्रकार कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसीलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरे । कार्यक्रमा जनयुद्धको बेला सिन्धुलीबाट बेपत्ता पारिएका पत्रकार चित्रनारायण श्रेष्ठकी पत्नी सावित्री श्रेष्ठ र जनयुद्धका घाइते पत्रकार दिपेन्द्र रावललाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मान गरिएको छ । कार्यक्रममा कृष्ण सेनकी जीवन संगिनी तक्मा केसी र पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले श्रेष्ठ र रावललाई राशी जनही २५ हजार रुपैयाँ नगद र प्रशंसा पत्र प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप