सुरु भयो भतरपुर महानगरको रोकिएको मतगणना
चितवन, जेठ १३–अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।
भरतपुर महानगरपालिका–१७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो ।
फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।
पछिल्लो मतगणनामा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली अगाडि छन । उनले ३७ हजार एक सय १८ र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गरेकी छिन् ।
महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकी छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली काँग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण