यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट
काठमाडौँ, जेठ १३– काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उनले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गरेको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ ।
बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण