बैदेशिक रोजगारमा गएका यूवाहरु गाउँमा पन्चेबाजा संरक्षणमा
म्याग्दी, जेठ १३– बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन ।
विदेशमा रहेका दग्नामका यूवाहरुको सक्रियतामा दुई लाख संकलन गरेर परम्परागत सस्कृति पन्चेबाजाको विकास तथा सरक्षणमा युवाहरुलाई पञ्जेबाजाको तालिम संचालन गरिने दग्नाम बैदेशिक संचार युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।
उक्त पन्चेबाजा संरक्षणमा दग्नाम बैदेशिक संचार युनिका अध्यक्ष विनोद शेरपुन्जा २८ हजार, सयोजक देविन्द्र गर्वुजा २८ हजार, महासचिव हमप्रसाद गवुजा २८ हजार, देमप्रसाद पुन २८ हजार, लालबहादुर गवर्वजाले २३ हजार, मिथुन गर्वुजा १८ हजार ४२०, छबहादुर गर्वुजाले १५ हजार, ताराप्रसाद थजाली १० हजार, सनप्रसाद पुन १० हजार, दानबहादुर तिलिजाले ७ हजार ८५० र बेलबहादुर बर्देवाले ५ हजार ५५० रुपैया सहयोग गरेको युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।
आफ्नो परम्परागत कलासस्कृति प्रति दग्नाम बैदेशिक संचार यूनिटको कतारको पहलमा विदेशमा छरिएर रहेका दग्नाम युवाहरुले आर्थिक संकलन गरेर जन्मगाउँमा परम्परागत लोकप्रिय पन्चेबाजा विकास तथा संरक्षणमा लागेकोमा दग्नामका समाजसेवी एवम जेष्ठनागरिक जम्दार बसबहादुरले खुशी ब्यक्त गरे । मगरसमुदायमा पञ्चेबाजालाई सिकाउन जोर्तीपिपल पञ्चेबाजा समुह राखुपिप्लेको पनि उपस्थित गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण