भारतमा घुसे लश्करका आतंकी : दिल्लीदेखि मुम्बईसम्म हाई अलर्ट
शनिबार, १३ जेठ २०७४, ११ : १२
एजेन्सी
नयाँ दिल्ली, जेठ १३ – भारतमा लश्करे–तैयबाका २० देखि २१ जना अतंकवादी घुसेको खबर प्राप्त भएपछि राजधानी दिल्लीसहित मुम्बई, राजस्थान, पञ्जाबमा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।
दिल्ली प्रहरीले यसबारे एक एडवाइजरी नै जारी गरेको छ ।
समाचार एजेन्सीका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलको तर्फबाट यो एडवाइजरी जारी गरिएको हो ।
जसमा जिल्ला, मेट्रो र रेलवे प्रहरीको युनिटलाई अलर्टमा बस्न भन्दै बजार, धार्मिक स्थान, मल, मेट्रो र रेलवे स्टेसनमा सुरक्षा व्यवस्था चुस्त राख्न भनिएको छ ।
एडवाइजरीमा प्रहरीलाई हाई अलर्ट बस्न र सन्दिग्ध व्यक्ति, वस्तु, गाडी आदिमा नजर राख्न र जाँच गर्न भनिएको छ ।
प्रहरी स्रोतका अनुसार लश्करका आतंकीहरुले दिल्ली, मुम्बई, राजस्थान वा पञ्जाबमा घटना घटाउन सक्ने सूचना प्राप्त भएको छ ।
एडवाइजरी जारी भएपछि दिल्लीको सुरक्षा व्यवस्था कडा परिएको छ । संवेदनशील मानिएका क्षेत्रमा पिसिआरका १० वटा भ्यान तैनाथ गरिएको छ जसमा राष्ट्रिय सुरक्षा गार्ड र कमाण्डो फोर्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण