नागरिकता, पासपोर्ट तथा आईप्याड हरायो ? जानुस्, रानीपोखरी प्रहरीमा हुनसक्छ
शनिबार, १३ जेठ २०७४, ११ : ५५
काठमाडौं, जेठ १३–काठमाडौं उपत्यकामा विभिन्न मितिमा फेला परेका नागरिकता, पासपोर्ट तथा आईप्याडहरु महानगरीय प्रहरी कार्यालय रानिपोखरीले संकलन गरेको छ ।
उपत्यकाभरीबाट संकलन गरेको नागरिकता लगायतका सामग्री लिनका लागि सम्पर्क गर्न प्रहरीले सम्वन्धित ब्यक्तिहरुलाई आह्वान समेत गरेको छ ।
विभिन्न समयमा हराएका महत्वपूर्ण कागजातहरु, मोवाईल, आईप्याड लगायतका सामग्री कसैको हराएको भएमा महानगरीय प्रहरी कार्यालयको आधिकारीक फेसवुक पेजमा हेर्न अथवा ९८५१२९८८८८ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
आफ्नो फेसवुक पेजमा हराएर फेला परेको सामाग्रिको विवरण सार्वजनिक गर्दै प्रहरीले थप जानकारीका लागि कार्यालयको खोजतलास शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
कतै तपाईको पनि नागरिकता, पासपोर्ट वा आईप्याड हराएको त छैन ? जानुस्, रानीपोखरी प्रहरीमा फेला पर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण