शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

४३ मिलियन खर्चदै सिटीले भित्रायो बर्नान्डो सिल्भा

शनिबार, १३ जेठ २०७४, ११ : ५७
शनिबार, १३ जेठ २०७४

म्यान्चेस्टर सिटी, जेठ १३ – इंग्ल्सि क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलका आक्रामक मिडफिल्डर बर्नान्डो सिल्भालाई फ्रेन्च च्याम्पियन मोनाकोबाट ४३ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

२२ वर्षीय खेलाडी आगामी जुलाई १ बाट क्लबमा आबद्ध हुनेछन् ।

‘म अहिले विश्वकै उत्कृष्ट टिम छु,’ प्रतिक्रिया दिँदै सिल्भाले भने ।

यो सिजन मोनाकोका लागि ५८ खेल खेलेका सिल्भाले ११ गोल गर्दै १२ वटा गोलको अवसर सृजना गरेका छन् ।

पेप ग्वार्डिओलासँग काम गर्न अवसरका लागि आफूले यो निर्णय लिएको सिल्भाले बताएका छन् ।

‘ग्वार्डिओलाबाट प्रशिक्षण पाउने अवसर तपाईंले नकार्न सक्नुहुन्न,’ पोर्चुगलका प्लेमेकरले भने, ‘उनी विश्वको उत्कृष्ट कोच नभएपनि विश्वकै उत्कृष्ट कोचमध्ये एक हुन् ।’

मोनाकोलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याउन सिल्भाले ठूलो भूमिका खेलेका थिए ।

प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको सिटीले अर्को सिजन च्याम्पियन्समा स्थान सुरक्षित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप