साझा पार्टीको प्रवक्तामा सूर्यराज आचार्य नियुक्त
काठमाडौं, जेठ १४– रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीको प्रवक्तामा केन्द्रीय संयोजन समितिका सदस्य डा सूर्यराज नियुक्त भएका छन् ।
भरतपुर महानगरपालिका, चितवनका स्थायी निवासी डा आचार्यलाई प्रवक्तामा नियुक्त गरिएको मिश्रले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ आचार्यले थाइल्याण्डकाे एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन्।
चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यतर थिए। पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। उनका शोधपत्रहरु अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन्।
नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण