शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भाइरल मेसेजः रहिनन् टेलिभिजन नायिक श्वेता तिवारी, थाहा पाउनुस् यसको वास्तविकता

शनिबार, १३ जेठ २०७४, १३ : २४
शनिबार, १३ जेठ २०७४

एजेन्सी जेठ १३ - टेलिभिजन सिरियल ‘कसौटी जिन्दगीकी’ की प्रेरणा अर्थात् श्वेता तिवारीको मृत्युको खबर सोसल मिडियामा भाइरल भइरहेको छ । यद्यपी, उनका श्रीमान् यो खबर केवल एक अफवाह भएको स्पष्ट पारेका छन् ।

अभिनवले एक अंग्रेजी वेब पोर्टलाई आफूले उक्त खबर सुन्दा निकै आत्तिएको बताए । उनले भने, ‘मैले केही क्षण अघिमात्र श्वेतासँग कुरा गरेको थिएँ त्यसैले म निकै आत्तिएको थिएँ ।’

अभिनव भन्छन्, ‘मैले यो बुझ्न सकिरहेको थिइनँ कि उक्त खबरमा मैले कस्तो प्रतिक्रिया दिऔं । मैले तुरुन्त श्वेतालाई फोन गरें र थाहा पाएँ कि उनको अवस्थामा सामान्य थियो । ’

यतिमात्र होइन, जब श्वेताले उक्त खबर सुनिन् तब उनी बेस्सरी हाँस्न थालेको अभिनवले बताए । उनले भने, ‘यस्तो खबर फैलिरहेका बेला म यो भन्न चाहन्छु कि उनी ठिक छिन् ।’

स्मरण रहोस्, श्वेता तिवारीको मृत्यु भएको खबर भाइरल भएको यो तेस्रो पटक हो । श्वेताका अनुसार उनी यस्तो प्रकारको कुरामा प्रतिक्रिया दिन चाहन्नन् ।

श्वेताका अनुसार अभिनव पहिला व्यक्ति हुन् जसले श्वेतालाई उक्त अफवाहबारे जानकारी दिए । उनले भनिन्, ‘अभिनवले मलाई फोृन गर्दा उनी निकै आत्तिएका थिए ।’

उनी भन्छिन्, ‘मैले अभिनवलाई भने, ‘यस्ता कुराहरुलाई वास्ता गर्नुहोस् । म जिउँदै छु र छोरासँग रमाइरहेकी छु ।’

स्मरण रहोस्, श्वेता र अभिनवले सन् २०१३ मा विवाह गरेका थिए । योभन्दा पहिले उनीहरुले तीनवर्षसम्म डेट गरेका थिए ।

श्वेताले आफ्ना पहिलो श्रीमान् राजा चौधरीसँग सम्बन्धविच्छेद गरेकी थिइन् । राजा र श्वेताका एक छोरी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप